नियम १२
विशेष साधारण सभा

(१) देहाय बमोजिमको अवस्थामा समितिले विनियममा व्यवस्था भए बमोजिमको कार्यविधि अपनाई संस्था वा संघको विशेष साधारण सभा बोलाउन सक्नेछ :–

(क) संस्था वा संघको हिसाब किताबको जा“चबुझ गर्दा कुनै कारणले विशेष साधारण सभा बोलाउन आवश्यक देखेमा त्यसको कारण समेत खोली लेखा परीक्षकले समिति समक्ष लिखित अनुरोध गरेमा, वा
(ख) ऐनको दफा १७ बमोजिमको लेखा समिति वा दफा १९ बमोजिमको उपसमितिले कुनै विशेष कामको लागि विशेष साधारण सभा बोलाउन आवश्यक देखेमा त्यसको कारण समेत खोली समिति समक्ष लिखित अनुरोध गरेमा, वा
(ग) कुनै संचालकले विशेष साधारण सभा बोलाउन आवश्यक छ भनी कारण खोली समिति समक्ष पेश गरेको प्रस्ताव समितिद्वारा पारित भएमा, वा

(घ) संस्थाको हकमा कुल सदस्य संख्याको कम्तीमा दश प्रतिशत वा दश जनामध्ये जुन बढी हुन्छ त्यति सदस्यले र संघको हकमा बीस प्रतिशत सदस्यले विशेष साधारण सभा बोलाउनु पर्ने कारण खुलाई निवेदन दिएमा ।

(२) विशेष साधारण सभाको गणपुरक संख्या कुल सदस्य संख्याको संस्थाको हकमा पन्ध्र प्रतिशत वा एघार जनामा जुन बढी हुन्छ सोही र संघको हकमा चालीस प्रतिशत हुनेछ ।

(३) विशेष साधारण सभाको सभापतित्व समितिको अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले सभाको सभापतित्व
गर्नेछ ।

(४) विशेष साधारण सभामा पेश गरिने सबै विषयलाई प्रस्तावको रूपमा पेश गर्नु पर्नेछ र त्यस्तो प्रस्ताव सभामा उपस्थिति सदस्यहरूको वहुमतबाट निर्णय गरिनेछ ।
मत बराबर भएमा सभापतिले निर्णायक मत दिनेछ ।